बानका अध्यक्ष चन्द्र न्यौपानेको निधन
बुटवल । व्यवसायिक रेडियोहरूको छाता संगठन ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । कोरोना संक्रमित न्यौपानेको विराटनगरमा उपचार भैरहको थियो । उपचारको क्रममा स्थिति गम्भीर भए पछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
न्यौपाने सप्तकोशी एफएम इटहरी र स्काई एफएम विराटनगरका निर्देशक समेत थिए । न्यौपाने नेपाल सरकारले हालै गठन गरेको विज्ञापन बोर्डका सदस्य समेत रहेका थिए । न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन् ।
न्यौपानेको निधनले नेपाली सन्चार क्षेत्रले क्षमतावान नेतृत्व गुमाएको छ । खबरपथ डट.कम. परिवारद्धारा स्वर्गीय न्यौपाने प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।





















