बुटबल-पाल्पा सडक पहिरोको कारण अवरुद्ध
बुटवल । गत तीन दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण पहिरो खस्दा बुटबल-पाल्पा सडक अवरुद्ध बनेको छ । बिहीबार साँझदेखि परेको अबिरल बर्षाका कारण सिद्धार्थ राजमार्गको बुटबल-पाल्पा खण्डको सिसुवा क्षेत्रमा पहिरो खसेको हो ।
सडकमा खसेको पहिरोले शनिबार बिहानैदेखि सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडक खुलाउन केही घण्टा लाग्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सडक अवरुद्ध हुँदा बुटवल हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थान तर्फ जाने सवारी साधन रोकिएका छन् । सडक अवरुद्ध हुँदा बिरामी बोक्ने एम्बुलेन्स बढी प्रभावित भएका छन् ।





















