वृद्धभत्ता ४ हजार पुग्याे , सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बृद्धि
काठमाण्डौं । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट सार्वजनिक गर्दै भत्ता बढाइएको घोषणा गरेका गर्नु भएको हो । सरकारले ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ बाट बढाएर ४ हजार पुर्याएको छ ।
१० समूहले सामाजिक सुरक्षाको रुपमा मासिक भत्ता पाउँदै आएका छन् । जेष्ठ नागरिक दलित, एकल महिला, ७० वर्ष माथिका जेष्ठ नागरिक, तोकिएका क्षेत्रका जेष्ठ नागरिक, विधवा,अपांगता क र ख वर्ग,लोपोन्मुख जाति र वाल पोषणको रुपमा भत्ता दिइन्छ । हरेक समूह अनुसार मासिक रुपमा पाउने भत्ताको दर पनि फरक रहेको छ ।
सबै प्रकारका भत्तामा ३३ प्रतिशतले बढाइएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो। यो वर्ष ६७ अर्ब बजेट भएको सामाजिक सुरक्षाका लागि १ खर्ब बजेट विनियोजन गरिएको छ ।





















