१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक
काठमाण्डौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ ।
जस अनुसार संघको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ गरिएको पौडेलले बताउनुभयो ।
त्यस्तै प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने रकम ३ खर्ब ८६ अर्ब ७१ करोड रहेको छ। विनियोजन गर्ने खर्च रकम मध्ये राजश्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड जुटाइने पौडेलले बताउनुभयो ।
अपुग ५ खर्ब ५९ अर्ब रुपैयाँ ऋण लिइने छ । जसअनुसार ३ खर्ब ९ अर्ब वैदेशिक ऋण र २ खर्ब ५० अर्ब आन्तरिकबाट उठाइने पौडेलले बताउनुभयो ।
प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो । गत वर्ष सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको थियो।





















