एसईई परीक्षा आन्तरिक मूल्यांकन विधिबाट गर्न शिक्षा मन्त्रालयको प्रस्ताव
काठमाडौं । शिक्षा मन्त्रालयले गत वर्षमा झैँ माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।
सोमबार बसेको शिक्षा मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्याङ्कन विधिअनुसार सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न आइतबार शिक्षा मन्त्रालयसँग अनुमति मागेको थियो ।
गत वर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि अन्तिम समयमा परीक्षा स्थगित गरी आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरिएको थियो ।
उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा प्रकाशन हुनेछ ।





















