एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने मन्त्रिपरिषदको निर्णय

खबरपथ संवाददाता
१८ जेष्ठ २०७८, मंगलवार ०६:३७

काठमाण्डौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्यांकनबाट हुने भएको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले एसइई परीक्षा आन्तरिक मूल्यांकन विधि अनुसार नै गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

कोरोनाको महामारीका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

यस अघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसइई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*