चीनबाट आइपुग्यो ८ लाख डोज भ्याक्सिन

खबरपथ संवाददाता
१८ जेष्ठ २०७८, मंगलवार १६:१५

काठमाण्डौं । मित्रराष्ट्र चीन सरकारले अनुदान स्वरुप प्रदान गरेको भेरोसेल भ्याक्सिन मंगलबार दिउँसो काठमाडौं आइपुगेको छ । चीन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको परामर्श पछि प्रदान गर्ने घोषणा गरेको १० लाख डोज मध्ये नेपाल एयरलाइन्सको विमानले मंगलबार बेइजिङबाट ८ लाख डोज भ्याक्सिन ल्याएको हो । भ्याक्सिन लिनका लागि क्याप्टेन विजय लामाको टोली सोमबार राति बेइजिङ उडेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*