पूर्वराजा ज्ञानेन्द्र शाहको भिडियो सन्देश, सुरक्षित रहन आग्रह

खबरपथ संवाददाता
२० जेष्ठ २०७८, बिहीबार १४:११

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियो सन्देश दिनुभएको छ । पूर्वराजा शाहसँगै पूर्वरानी कोमल शाहले कोरोना भाइरससँगको लडाई जितेपछि भिडियो सन्देश जारी गर्नुभएको हो ।

सन्देशमा आफूहरुको स्वास्थ्य प्रति चासो राख्ने सबैलाई आभार व्यक्त गरेका गर्नुभएको छ । पूर्वराजाले यो महामारीको समयमा अग्रपंक्तिमा कार्यरत सबैलाई धन्यवाद दिँदै महामारी नियन्त्रण गर्न आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता रहेको बताउनुभएको छ ।

२ मिनेट ३२ सेकेन्डको भिडियो सन्देशमा शाहले भन्नुभएको छ , ‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहनुहुने सवै नेपालीहरुमा आभार व्यक्त गर्दछौं । यस महामारीमा दिनरात आफ्नो दायित्व र मानविय कार्य गर्ने सबै अग्रपंक्तिमा रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताहरूमा हामी अन्तर आत्मादेखि धन्यवाद दिन चाहन्छौं । अहिले हामी पूर्ण स्वास्थ्यलाभको क्रममा छौं तर देशभित्र र बाहिरको महामारीको अवस्था प्रति हामी चिन्तित छौं । महामारीको प्रक्रिया जारी छ । यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता पर्दछ । प्राप्त अन्तर्राष्ट्रिय सहयोगको लागि पनि धन्यवाद निद चाहन्छु । म सवैलाई सुरक्षित, सावधान र स्वास्थ्य रहन आग्रह गर्दछु । उपचारको क्रममा रहनुभएका सबै नेपालीहरुको शिघ्र स्वास्थ्यलाभको कामना साथसाथै महामारीको क्रममा जीवन गुमाउनुहुने सबैमा चिर शान्तिको कामना गर्दछु । श्री पशुपतिनाथले ती सबैको परिवारमा धैर्य धारणको लागि शक्ति प्रदान गरुन् ।’

भिडियोमा पूर्वरानी कोमलले भने अक्सिजन सपोर्ट लिइरहेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*