पत्रकार बन्न जाँच दिनुपर्ने

खबरपथ संवाददाता
२२ जेष्ठ २०७८, शनिबार ०८:३२

काठमाडौं । सरकारले पत्रकार बन्न जाँच लिने निकायका रूपमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ ।

सञ्चार तथा सुचना प्रविधी मन्त्रालयमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पार्वत गुरुङले पत्रकारलाई जाँच लिने निकाय गठन गर्न लागेको जानकारी दिनुभएको हो ।

कुनै पनि सेवा क्षेत्रमा प्रवेश गर्नका लागि आधारभूत दक्षता परीक्षण र उत्तीर्ण गर्नु जरूरी भए जस्तै पत्रकारितामा प्रवेश गर्नका लागि सरकारी मान्यताको प्रशिक्षण केन्द्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गठन आदेश २०७८ लाई अर्थ मन्त्रालयमा पठाइएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

मन्त्री गुरुङले भन्नु भयो – पत्रकारहरूलाई जिम्मेवार बनाउनु छ भने आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको आवश्यकता छ भनेर यो को कार्यक्रम राखेको छ। त्यसकारण यो पत्रकारहरूको निम्ति गेमचेञ्चर हो। पत्रकारहरूको निम्ति राष्ट्रिय गौरव हो। हामीले गेमचेन्जर नै हो भनेर भन्छौँ।

सचिवज्यूको संयोजकत्वमा कार्यदल बनेर अगाडि बढेको छ। हामी सबै पत्रकार महासंघ सबै सरोकारवाला श्रमजीवी पत्रकार सबैलाई ड्राफ्ट बनाएर सुझाव लिने छौं।  साउन १ गतेबाट सकिन्छ त छिटोभन्दा छिटो छुट्टै स्वायत्त विकास समिति गठन आदेशको आधारमा स्थापना गर्ने काम सुरुआत हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*