पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना पुष्टि,९२ को मृत्यु

खबरपथ संवाददाता
२४ जेष्ठ २०७८, सोमबार १८:३९

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार २ जनाको पीसीआर परीक्षणबाट ३ हजार ३३७ र ५ हजार ९०१ एन्टिजेन परीक्षणमा १ हजार १०२ जना गरी ४ हजार ४७२ जना कोरोना संक्रमित पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ६ हजार ९५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*