उपत्यकामा जारी निषेधाज्ञा असार ७ गतेसम्म थपियो

खबरपथ संवाददाता
३० जेष्ठ २०७८, आईतवार १७:२४

काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा असार ७ गतेसम्म थपिएको छ । आईबार बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना भाइरसको जोखिम घटिन सकेको निष्कर्ष सहित केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो ।

असार १ गतेबाट लागू हुने निषेधाज्ञामा खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोर सहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यस अघि विहान ९ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको थियो । त्यसैगरी शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।

त्यस्तै अनलाइन मार्फत सेवा सुविधा बिहान सात देखि बेलुका सात बजेसम्म दिन पाइने भएको बताइएको छ । त्यसै गरी निर्माण सामाग्रीको पसल समेत अपरान्ह ४ बजेपछि खोल्न दिने निर्णय गरिएको छ ।

होटेल बन्द गर्ने तर होम डेलिभरी गर्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले उपत्यकामा गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*