रुपन्देहीमा जारी निषेधाज्ञा असार ७ गतेसम्म थपियो

खबरपथ संवाददाता
३१ जेष्ठ २०७८, सोमबार १६:२४

बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा असार ७ गतेसम्म थपिएको छ । जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो गरी असार ७ गते राति १२ बजेसम्मको लागि अवधी थपिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताउनुभयो ।

‘आर्थिक गतिबिधीलाई केही नियमित गर्न पाउने गरी निषेधाज्ञा थप गरिएको छ , सूचना अधिकारी थापाले भन्नुभयो अब बिहानमा तरकारी, माछा मासुका पसल खोल्न पाइन्छ ।’ यस्तै अन्य पसलहरु सुरक्षाका मापदण्ड पालना गरी बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने थापाले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*