डाइभर्सन गरेको सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

खबरपथ संवाददाता
१ असार २०७८, मंगलवार १५:०३

बुटवल । लगातारको वर्षाका कारण पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएको छ । राजमार्ग विस्तारको क्रममा चार लेनको पुल बनाउन सो ठाउँमा सवारी ओहोर दोहोर गर्न डाइभर्सन बनाइएको थियो ।

डाइभर्सन भासिँदा मध्यान्न साढे १२ बजेदेखी सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्लीनारायण पाण्डेले बताए। राजमार्ग विस्तारको क्रममा पुल बनाउन सो ठाउँमा ९ वटा हेण्ड पाइप राखी कल्भर्ट बनाइएको थियो ।

सडक अवरुद्ध भएपछि दुवैतर्फका सवारी साधन अलपत्र परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*