सिन्धुपाल्चोकमा बाढी र पहिरोले फसेकालाई सेनाको हेलिकप्टरबाट उद्धार

खबरपथ संवाददाता
२ असार २०७८, बुधबार ११:४४

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोले फसेकाहरूलाई नेपाली सेनाले हेलिकोप्टरबाटै उद्धार थालेको छ ।
मेलम्चीको बाढीपछि एक होटलको छतमा बसेर ज्यान जोगाएका दुई व्यक्तिलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेको छ ।

होटलको तल्लो तल्लाहरु बाढीले डुबाएपछि मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए । होटलको छतमा बसेर ज्यान जोगाएका उनीहरूलाई हेलिकोप्टर मार्फत सेनाले उद्धार गरेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बाढी र पहिरोमा परि अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उद्धार तथा राहतको काममा हेलिकप्टर मार्फत जनशक्ति परिचालन भएको प्रजिअ पोखरेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*