पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि आज दिल्ली लगिँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाललाई थप उपचारका लागि आज नयाँदिल्ली लैजाने तयारी गरिएको छ ।
ज्वरो र रगतमा हेमोग्लोबिनको कमी लगायत समस्या देखिए पछि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि अहिले साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।
खनाललाई दिल्ली लगेर त्यहाँको एपोलो अस्पतालमा उपचार गर्ने तयारी रहेको छ । खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन् । खनाललाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।





















