दिल्ली उड्नुअघि झलनाथ खनालले भने – पार्टी जोगाऔँ

खबरपथ संवाददाता
२ असार २०७८, बुधबार १७:१३

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन आह्वान गर्नुभएको छ ।

थप उपचार गर्न भारत जानुअघि एक विज्ञप्ति जारी गर्दै उहाँले रिस, राग, बदलाभाव र अहंकार त्यागेर पार्टी एकता गर्न आह्वान गर्नुभएको छ ।

विज्ञप्तिमा उहाँले भन्नभएको छ , ‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउन प्रयत्न गर्‍यौँ भने मात्र हामी सफल हुन सक्छौँ र मुलुकको नेतृत्व गर्न सक्छौँ।’

पार्टीभित्र मात्रै होइन सबै राजनीतिक दलहरूबीचको विभाजन र ध्रुवीकरणले आफूलाई चिन्तित बनाएको उहाँले उल्लेख गर्नुभएको छ। देशका प्रमुख दलहरू र तीनका नेताबीचको अनावश्यक टकराव, महत्वकांक्षा र इगो सांध्ने कार्य तत्काल अन्त्य गर्नुपर्नेमा उहााँले जोड दिनुभएको छ।

लगातार ज्वरो आएर स्वास फेर्न गाह्रो भए पछि नर्भिक अस्पताल भर्ना हुनुभएको खनाललाई चिकित्सकको सल्लाहमा आज दिल्लीस्थित अपोलो अस्पताल लगिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*