२४ घण्टामा थप २८२८ जनामा कोरोना पुष्टि, ५२ को मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ जना रहेका छन् । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।





















