देशभर भारी बर्षाको सम्भावना , सतर्क रहन आग्रह

खबरपथ संवाददाता
३ असार २०७८, बिहीबार ०८:१९

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा भईरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थान र तीन वटा प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेकोले जनाएको छ ।

बिहिबार दिउँसो र राति सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ । शुक्रबार र शनिबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ ।

‘देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही भू-भागमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*