काँग्रेसको तल्लो तहको अधिवेशन साउन १२ देखि सुरु हुने
काठमाण्डौं । नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि शुरु हुने भएको छ ।
यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकोमा बिहीबार बसेको बैठकले केही परिमार्जन गरि साउन १२ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
बैठकले गाउँपालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिकामा पनि केहि परिमार्जन गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
काँग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ।





















