गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

खबरपथ संवाददाता
४ असार २०७८, शुक्रबार १४:२८

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मत मागेका छन् । मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेका हुन् ।

राजनीतिक स्थिरता कायम गर्दै प्रदेश सभालाई विघटनको दुर्घटनाबाट बचाउन उनले यो सरकारलाई विश्वासको मत दिन आवश्यक रहेको भनाइ राखे ।

अहिले प्रदेश सभामा विश्वासको  प्रस्तावमाथिको छलफलमा सांसदहरुले भाग लिइरहेका छन् ।

राजनीतिक दलका प्रतिनिधिले छलफल गरेर सकिए पछि आजै बस्ने दोस्रो बैठकमा मत विभाजनमा जाने कार्यसूची कार्यव्यवस्था परामर्श समितिबाट टुंगो लागि सकेको छ ।

जेठ २९ गते नेपालको संविधान धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुुक्त पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि नेपालमा संविधान धारा १६८ को ५ अनुसार कृष्णचन्द्र नेपाली पोखरेल जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा अहिले सरकारसँग ३१ मत छ । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ छन् । सभामुखले मत हाल्न पाउँदैनन् । उता प्रमुख प्रतिपक्षी दल एमालेसँग आफ्नो पार्टीको मात्रै २७ सांसद छन् । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद पनि उनकै पार्टीले कारबाही गरे पछि गुमेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*