उपत्यकामा जारी निषेधआज्ञा असार १४ गते सम्मका लागी थपियो,निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू
काठमाडौं । उपत्यकामा जारी निषेधआज्ञा असार १४ गते सम्मका लागी थपिएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी असार १४ गते सम्मका लागी निषेधआज्ञा थप्ने निर्णय गरेको हो ।
उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिएका छन् ।
थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।
स्थानीय प्रशासनले बार तोकेर सबै प्रकारका पसल खोल्न दिने निर्णय गरेको हो । यस अघि असार ७ गते सम्म जारी गरिएको निषेधाज्ञाको अवधि अब १४ गतेसम्म कायम रहने छ ।





















