आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुल्ला गर्ने सरकारको निर्णय

खबरपथ संवाददाता
८ असार २०७८, मंगलवार २०:०९

काठमाडौँ। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुल्ला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनी अनुसार कोटा तोकेर शर्तसहित हवाई उडान खुला गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालनका लागि अनुमति दिइएको छ । यसको तालिका र मिति भने मन्त्रालयले तय गर्ने जनाइएको छ ।

मन्त्रालयले बुधबारसम्म तालिका तय गर्ने तयारी गरेको छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको हो ।

अब काठमाडौँ-दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौँ(इस्तानबुलमा साताको २, काठमाडौँ-दुबई रुटमा समेत सातामा चार उडान हुने भएको छ ।

काठमाडौँ दमाम रुटमा साताको २, काठमाडौँ(कुवेतमा साताको दुई, काठमाडौँ(मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।

दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला गर्ने निर्णय भएको छ । यस्तै, काठमाडौँ(छेन्दु र ग्वाङझाओ रुटमा साताको एक(एक उडान हुने गरी सेवा खुला गरिएको छ ।

हाल सातामा एकरएक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ । जसअनुसार काठमाडौँ-दोहा सातामा ४ उडान हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*