चेक रिपब्लिक क्वार्टर फाइनलमा प्रवेश

खबरपथ संवाददाता
१४ असार २०७८, सोमबार ०८:३३

काठमाण्डौ । चेक रिपब्लिक नेदरल्याण्ड्सलाई हराउँदै युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । हङ्गेरीमा गएराति भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० गोलले पराजित गरेको हो ।

चेक रिपब्लिकका टोमस होल्स र प्याट्रिक सिकले एकरएक गोल गरे । खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्डस् १० खेलाडीमा समेटिएको थियो ।

चेक रिपब्लिकका टोमसले खेलको ६८ औं मिनेटमा र सिकले ८० औं मिनेटमा गोल गरे । क्वार्टर फाइनलमा चेक रिपब्लिकले डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई हराएर क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*