उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात चल्ने

खबरपथ संवाददाता
१४ असार २०७८, सोमबार १५:४६

काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो पारिएको छ । सोमबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खकुलो पार्दे मंगलबार देखि २५ सिट माथिका सार्वजनिक बस सञ्चालन गर्न दिने निर्णय भएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बिहान बसेको बैठकले मंगलबार देखि २५ सिटभन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चलाउन पाइने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी कायम हुनुपर्नेछ ।

उपत्यकामा खाद्यान्नका पसल अब देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । यस अघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*