कार दुर्घटनामा प्राध्यापक भण्डारीको निधन

खबरपथ संवाददाता
१६ असार २०७८, बुधबार १३:५५

बुटवल । त्रिभुवन विश्‍वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक सह प्राध्यापक डा शंकर भण्डारीको कार दुर्घटनामा परी निधन भएको छ ।
मंगलबार साझ बुटवलको चरंगेमा आफैले चलाएकोे बा १७ च ६०६६ नम्बबरको कार दुर्घटनामा परेको होे । प्रहरीका अनुसार मंगलबार राति करिब साढे ८ बजे कार सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनापछि भण्डारीलाई बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पुर्‍याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो । कारमा सवार भण्डारीका आफन्त थानेश्वर भण्डारीलाई भने चोटपटक नलागेको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ समेत रहेका शंकरको पार्थिव शरीरलाई मंगलबार राती नै हेलिकोप्टरबाट काठमाडौं लागिएको थियो । बुधबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
समाजशास्त्रमा पीएचडी गरेका भण्डारी झन्डै डेढ दसकदेखि प्रध्यापनमा संलग्‍न हुनुहुन्थ्यो । त्रिबि अनुगमन निर्देशनालयको उपनिर्देशक समेत रहेर काम गरेका भण्डारी ४ बर्षसम्म त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयमा सह-नियन्त्रकको रुपमा काम गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*