२४ घण्टामा २२९९ जनामा कोरोना पुष्टि,३४ को मृत्यु

खबरपथ संवाददाता
१८ असार २०७८, शुक्रबार १९:१७

काठमाडौं। पछिल्लो २४ घण्टामा २२९९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २,२९९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म ९ हजार १७९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ३४५१ कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो संगै हालसम्म नेपालमा ६ लाख ३६०० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*