नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा
खबरपथ संवाददाता
१९ असार २०७८, शनिबार १३:००
काठमाडौं । अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ । विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सन्चालनमा ल्याइएको मुग्लिन प्रहरीले जनाएको छ । पहिरोका कारण रोकिएकाहरुलाई पालैपालो गन्तव्यमा पठाउने क्रम सुरु भएको छ ।
१७ किलो र चार किलो लगायत विभिन्न स्थानमा पहिरो हटाउने कार्य जारी छ । सबै पहिरो हटाएर दुईतर्फी सडक सन्चालनमा आउन भने केही समय लाग्नेछ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदै यात्रुहरु अलपत्र परेका छन् ।





















