भेरोसेल खोपको दोस्रो डोज आज देखि लगाइँदै

खबरपथ संवाददाता
२२ असार २०७८, मंगलवार १४:२७

काठमाडौं । कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज आज देखि लगाइँदै छ ।

भेरोसेल खोपको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो डोज दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो डोज देशभर दिइएको थियो । मन्त्रालयका अनुसार पहिलो डोज लगाएका ज्येष्ठ नागरिकको संख्या तीन लाख ७० हजार छन् ।

भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत यसपटक दोस्रो डोज दिइनेछ । ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*