पेट्रोलियम पदार्थको मूल्यमा फेरी बृद्धि, ग्यास सिलिण्डरमा २५ रुपैयाँले बढ्यो

खबरपथ संवाददाता
२२ असार २०७८, मंगलवार २१:३३

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा फेरी बृद्धि भएकोे छ । नेपाल आयल निगमले मंगलबार फेरि इन्धनको मूल्य बृद्धि गरेको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बृद्धि गरी १२९ रुपैयाँ पुर्‍याएको छ भने डिजेल र मटितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बृद्धि गरी ११२ रुपैयाँ पुगेको छ । त्यसैगरी खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बृद्धि गरी ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय)  को प्रति किलोलिटर १९ अमेरिकी डलर बृद्धि गरी ७४५ डलर पुर्‍याएको छ ।

गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल र मटितेल तथा हवाई इन्धन (आन्तरिक) को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*