पाल्पामा पहिरोले १ जनाको मृत्यू ,एक बालक बेपत्ता

खबरपथ संवाददाता
२४ असार २०७८, बिहीबार ११:४२

बुटवल । पाल्पाको तिनाउँ गाउँपालिका ५ केराबारी नजिकै बिहिबार गएको पहिरोले ५ घर पुरिदा १ जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।

कल्याणी आधारभुत बिद्यालय नजिकै रहेको गिट्टिखानीनिर भएको घटनामा अन्दाजी ४५ बर्षिय बीर बहादुर गुरुङ्गको घटना स्थलमै मृत्यु भएको हो । पहिरोले ८ वर्षिय बालक आरब परियार बेपत्ता छन् भने ७ जना घाईते भएका छन । घाईते मध्य ७५ वर्षिय सुन्दरी गुरुङको अवस्था गम्भीर रहेको र अन्य ६ जना घाईते सामान्य रहेको प्रहरीले जनाएको छ ।

बिहान करिब साढे ३ बजेतिर आएको पहिरोले हरी दर्लामी, सुजा परियार, नरबहादुर राना, बीर बहादुर गुरुङ्ग र बल बहादुर पुनको घर पुरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

बुधबार राती देखि परेको पानीले पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्ग समेत बन्द भएको छ । पहिरो हटाएर बन्द बाटो सुचारु गर्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*