नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध
खबरपथ संवाददाता
२४ असार २०७८, बिहीबार १३:२०
बुटवल । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गए राती देखि परेको अबिरल बर्षाका कारण सेतीदोभानमा गएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ । हाल सडकको पहिरो हटाउने कार्य भईरहेको छ ।
सडक अबरुद्ध हुँदा सवारी साधनहरूको लामो लाइन रातिदेखि नै लागेको छ । सेती दोभानमा पटक–पटक पहिरो आएर सडक बन्द हुँदा यात्रुहरुले सास्ती पाएका छन् ।
नारायणगढ–मुग्लिन सडकको सट्टा सके सम्म वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न प्रहरीले अनुरोध गर्दै आएको छ ।





















