महासंघ र सञ्चार सचिवबीच भेटघाट

खबरपथ संवाददाता
२५ असार २०७८, शुक्रबार २२:०६

काठमाडौं। नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले असार २४ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई भेटी कोभिड–१९ ले पत्रकारिता क्षेत्रमा पारेको प्रभाव बारेमा ध्यानाकर्षण गराउदै समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ ।

महासंघका अध्यक्ष विपुल पोख्रेलले सरकारले बजेट मार्फत घोषणा गरेको स्वास्थ उपचार सम्बन्धी व्यवस्था कार्यान्वयन गर्दा महासंघका सबै सदस्यहरुलाई समेट्न आग्रह गर्नुभयो । उहाँले सरकार ल्याएको बजेटमा सामुदायिक रेडियो तथा साना लगानीका मिडियालाई समेट्न नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले जेष्ठ पत्रकार सम्मान कोषको कार्यविधि सच्याउन, रेडियो नेपालमा बर्षौदेखि करारमा कार्यरत पत्रकार एंव कर्मचारीको उचित व्यवस्थापन गर्न र सूचना विभागबाट जारी गरिने पत्रकार परिचयपत्र वितरणमा सहजीकरण गर्न आग्रह गर्नुभयो ।
भेटमा सञ्चार सचिव बस्यालले महासंघले उठाएका विषयलाई सम्बोधनका लागि सम्बन्धित पक्षसंग छलफल गरी आवश्यक कदम चाल्ने बताउनुभयो ।
कार्यक्रममा महासंघका महासचिव रोसन पुरी, लेखा समिति सदस्य मुकुन्द भण्डारीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*