देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

खबरपथ संवाददाता
२९ असार २०७८, मंगलवार १२:१६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुनु हुदैछ । राष्ट्रपति कार्यालयले मंगलबार साँझ ५ बजे देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । सर्वोच्च अदालतले हिजो मंगलबार पाँच बजे भित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

देउवा पाँचौ पटक प्रधानमन्त्रीको रुपमा नियूक्त हुन लाग्नुभएको हो उहाँ यस अघि चार पटकसम्म प्रधानमन्त्री बनिसक्नु भएको छ । देउवा २०५२ साल भदौ २७ गते पहिलो पटक त्यस पछि २०५८ साउन ११, २०६१ जेठ २१ र २०७४ जेठ २४ मा प्रधानमन्त्री बन्नु भएको थियो ।

देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्नका लागी आन्तरिक परामर्शमा व्यस्त रहनु भएको उहाँको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*