सरकारी निवास बालुवाटारमा सरे प्रधानमन्त्री देउवा

खबरपथ संवाददाता
१ श्रावण २०७८, शुक्रबार १४:३३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार स्थित सरकारी निवासमा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री देउवा शुक्रबार बिहान ९:५७ को साइतअनुसार निवासमा सर्नु भएको हो ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त हुनु भएका देउवा बुढानीलकण्ठ स्थित निजी निवासमा बस्दै आउनु भएको थियो ।
देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छोड्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*