२४ घण्टामा २२३७ जनामा कोरोना पुष्टि, १८ को मृत्यु

खबरपथ संवाददाता
१० श्रावण २०७८, आईतवार १८:१७

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना पुष्टि भएको छ । देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको  १३ हजार ८३४ नमुना परीक्षण मध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना कोरोना मुक्त भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*