रेडक्रस पाल्पाद्वारा स्वास्थ्य सामग्री हस्तान्तर

भोजराज भट्टराई
१२ श्रावण २०७८, मंगलवार २२:२२

पाल्पा । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले बगनासकाली गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ नियन्त्रणका लागि रेडक्रस सोसाइटीले मास्क, आइ वास प्रोटेक्ट सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

यस अघि रेडक्रसले तानसेनको पाल्पा अस्पताल, रामपुर अस्पताल र ताहुँ स्वास्थ्य चौकीमा अक्सिन कन्सनट्रेटर, सिलिण्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको रेडक्रस पाल्पा शाखा सभापति बुद्धिप्रसाद शर्माले बताउनुभयो । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याललाई सामग्री हस्तान्तरण गर्दै सभापति शर्माले कोभिड न्यूनीकरणका लागि रेडक्रसले उपशाखा, स्थानीय तह लगायतमा गरी ३६ वटा स्वास्थ्य सामग्री वितरण अभियान सञ्चालन गरिसकेको जनाउनुभयो ।
गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले कोभिड न्यूनीकरण सवैको साझा प्रयासबाट सम्भव रहेको उल्लेख गर्दै रेडक्रसप्रति आभार प्रकट गर्नुभयो । उहाँले रेडक्रस पाल्पाको टिमले पालिकामै आएर महत्वपूर्ण सामग्री हस्तान्तरण गरेको भन्दै प्राप्त सामग्री सही सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष, रेडक्रस पाल्पाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*