टोकियो ओलम्पिकमा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै

खबरपथ संवाददाता
१३ श्रावण २०७८, बुधबार ०७:२१

काठमाडौँ । जापानको टोकियोमा जारी ३२ औँ ओलम्पिकमा आज (बुधबार) नेपालकी पौडी खेलाडी गौरिका सिंहले खेल्दैछिन् ।

गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । गौरिकाको खेल नेपाली समयानुसार अपराह्न ३:४५ बजे हुनेछ ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । यस हिटमा ४ खेलाडी छन् । गौरिकासँगै हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । गौरिका १३ औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुन् ।
उनी राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा छिन् । पाँचौ दिनका खेल सकिँदा आयोजक जापानले अग्रता बनाएको छ । अमेरिका र चीनलाई उछिन्दै जापान १० स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*