टोकियो ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान

खबरपथ संवाददाता
१३ श्रावण २०७८, बुधबार १९:३१

काठमाडौँ । टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

बुधबार  महिलाको १ सय मिटर फ्रीस्टाइल प्रतिस्पर्धाको पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पूरा गरिन् । योसँगै उनले २०१९ मा बनाएको आफ्नै कीर्तिमान भने तोडेकी हुन् । शीर्ष स्थानमा नाइजेरिया र दोस्रो स्थानमा मोन्टेनेग्रोका खेलाडी आए ।

गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा १: ००.६२  को समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

गौरिका १३ औँ सागकी स्वर्ण विजेता हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*