भिन्सहरा सामाजिक संस्थाको चौथो साधारणसभा
साउन । रुपन्देहीको कोटहीमाई गाँउपालिका वडा नं. ६ गोनहा स्थित भिन्सहरा सामाजिक संस्थाको बार्षिक साधारणसभा तथा हमार भाषा मातृभाषा हमार पहिचान बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भिन्सहरा सामाजिक संस्थाको अध्यक्ष परमशीला बनियाले सुगम जिल्लाको द्र्गम क्षेत्र मर्चवारलाई मुलधारमा ल्याउनका लागि संस्थाले सबै सरोकारवाला सँग हातेमालो गर्दै अगाडी बढन थालेको बताईन ।
उनले मुलुकमा संघियता आए तै पनि अझै अवधीभोजपुरीहरु आफनो पहिचानबाट बञ्चित रहेको हुदा उनीहरुलाई स्थानीय पाठयक्रम मार्फत सामाजिक आर्थिक मार्ग दिशामा अगाडी बढाउन जरुरी रहेको जानकारी गराईन । कार्यक्र्रममा मायादेबी गाँउपालका वडा नं. ६ को वडा अध्यक्ष राजेन्द्र यादवले समाजलाई सही मार्गदिशा तर्फ डोरयाउने सामाजिक संघसंस्थाहरुलाई आफूले उच्च प्राथमिकतामा राखी सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा रेडियो मर्चवारका संचालक अनिल कुमार तिवारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य बिन्दु कुमार चौहान तथा मायादेबी ६ का वडा सचिव श्री नेवाश यादव,भोजप्री दर्शन मासिक पत्रिका सम्पादक शिवनन्दन जययसवाल लगायतले मक्तब्य ब्यक्त गरेका थिए । गोष्ठीमा सुरेन्द्र यादव ,महेश्वर प्रसाद म्राव, पंचराममुराव, सीताराम मौर्य, तथा धीरज यादवले रचना वाचन गरेका थिए ।






















