एसईईको नतिजा प्रकाशित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईईको नतिजा प्रकाशित गरेको छ । विद्यार्थीले अध्ययन गरेकै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले प्रमाणित गरेर शनिवार नतिजा प्रकाशन गरेको हो ।
विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण गरेको छैन ।
एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फत प्राप्त गर्न सकिने छ ।
नतिजा हेर्ने तरिका :
इजी सर्भिस प्रालिबाट – ३४९४९ ,आकाश टेक प्रालिबाट – ३१००३, जानकी टेक्नोलोजी प्रालि मार्फत् – ३५००१ मा एसएमएस गरेर हेर्न सकिने छ ।
त्यस्तै नेपाल टेलिकम र एनसिएलबाट – १६०० मा एसएमएस गरेर थाहा पाउन सकिन्छ ।
त्यस्तैगरी www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com, www.ricell.axiata.com वेबसाईटबाट पनि हेर्न सकिनेछ ।





















