नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त
खबरपथ संवाददाता
२७ श्रावण २०७८, बुधबार १२:३०
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
कुलमान घिसिङको प्राधिकरणमा यो दोस्रो कार्यकाल हो । अघिल्लो कार्यकालमा घिसिङले लोडसेडिङ हटाउनु भएको थियो भने घाटामा रहेको प्राधिकरणलाई नाफामा पु¥याउनु भएको थियो । हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगको विज्ञको जिम्मेवारी दिइएको छ ।





















