बगनासकाली गाउँपालिकाको लोगो निर्माण गर्न प्रस्ताव आह्वान

भोजराज भट्टराई
३० श्रावण २०७८, शनिबार ०९:०१

पाल्पा  । पाल्पाको बगनासकाली गाउँपालिकाले आफ्नै पालिकाको पहिचान झल्किने लोग बनाउने भएको छ । लोगो निर्माणका लागि गाउँपालिकाले बुधबार सूचना प्रकाशित गरेर प्रस्ताव आह्वान गरेको हो ।
गाउँपालिकाको श्रावण २५ गते सोमबार बसेको १०९ औं बैठकको निर्णय अनुसार लो निर्माणको लागि प्रस्ताव आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले जानकारी दिनुभयो । स्थानीय सरकारले आफ्नो पहिचान झल्कने गरी प्रतिक चिन्ह (लोगो) निर्माण गरी प्रयोग गर्न पाउने व्यवस्था भए बमोजिम बगनासकाली गाउँपालिकाले पनि आफ्नो आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, पर्यटकीय लगायतका क्षेत्रलाई समेटेर प्रतिक चिन्ह लागो निर्माग गरिने उहाँले जानकारी दिनुभयो ।
लोगो निर्माणका लागि श्रावण २७ गते बुधबार गाउँपालिकाबाट सूचना जारी गर्दै स्थानीय सरकारले आफ्नो पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार लोगो बनाएर पालिकाको इमेलमा पठाउन भनिएको छ । गाउँपालिकाकमा अध्यक्ष कृष्णप्रसाद बस्यालका अनुसार पालिकाले उत्कृष्ट लोगो बनाउनेलाई उचित पुरस्कार सहित प्रमाण पत्रले सम्मान समेत गर्नेछ । एक महिनाभित्र लोगो निर्माण गरी कार्यान्वयनमा ल्याइने प्रमुख प्रशासकीय अधिकृतको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*