बगनासकालीका कर संकलन गर्ने कर्मचारीलाई अभिमुखीकरण

भोजराज भट्टराई
३२ श्रावण २०७८, सोमबार २२:०६

पाल्पा । राजस्व संकलन तथा दाखिला सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम बगनासकाली गाउँपालिका सभाहल चिर्तुङ्धारामा सम्पन्न भयो । पालिकामा राजस्व संकलन गर्ने नौ वटै वडाका वडा सचिव र वडा सहायकको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले जानकारी दिनुभयो । उहाँले वीतिय सुशासन र स्थानीय तहमा कर तथा राजस्व संकलनलाई व्यवस्थित गर्न अभिमुखीकरण आयोजना गरिएको बताउनुभयो ।

 

आन्तरिक राजस्व वृद्धि, राजस्व संकलनमा आएका समस्या र समाधानका उपाय पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आर्थिक प्रशासन शाखा प्रमुख कोशलराज पौड्यालले बताउनुभयो । अभिमुखीकरण कार्यक्रले वित्तीय सुशासन र करका दर, दायरा र सम्भाव्यताको खोजी गर्न सहयोग पुग्ने पौड्यालको भनाई छ । ‘गाउँपालिकाका सवै वार्डमा अनलाइनमार्फत राजस्व संकलन गरिएकोले राजस्व संकलन गर्ने कर्मचारीका लागि अभिमुखीकरणले क्षमता विकास गर्नेछ ।’ कार्यक्रम सहजर्ता एवम् आर्थिक प्रशासन शाखा प्रमुख पौड्यालले बताउनुभयो ।

करप्रणालीमा सूचना प्रविधिको प्रयोग, समस्या र समाधानका विषयमा अभिमुखीकरणले सहजता ल्याउने गाउँपालिकाका सूचना प्रविधि अधिकृत ध्रुव पराजुलीले जानकारी दिनुभयो । सावण ३० गते शनिबार बगनासकाली गाउँपालिकाको आयोजनामा भएको अभिमुखीकरणमा आर्थिक प्रशासन, प्रशासन र सूचना प्रविधि शाखाका कर्मचारी, सवै वार्डका कर्मचारीको सहभागिता थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*