घोडाहा खोलाको पक्की पुल भासिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
खबरपथ संवाददाता
११ भाद्र २०७८, शुक्रबार ०९:४४
बुटवल । लगातारको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तरगतको रुपन्देहीको घोडाहा खोलाको पक्की पुल भासिएको छ । बुटवल–देवदह सडक खण्डको घोडाहा स्थित पक्की पुल भासिँदा पूर्व- पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।
पुल भासिए पछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न सकेका छैनन् । प्रहरीले भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको छ । वैकल्पिक व्यवस्था नभएसम्म यातायात सुचारु हुन नसक्ने प्रहरीले जनाएको छ ।





















