संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा २०७८ को घोषणा हुँदै

शरद रिजाल
१७ भाद्र २०७८, बिहीबार २०:३८

काठमाण्डौं । सयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा २०७८ को आगामी भदौ २० गते काठमाडौमा घोषणा हुने भएको छ । राजसस्था पुनर्स्थापना र हिन्दुरास्ट्रको पुनर्स्थापना पक्षधर विभिन्न घटकहरुको संयुक्त गठबन्धनले मोर्चा घोषणा गर्न लागेको हो ।

मोर्चाका प्रचार बिभाग प्रमुख समेत रहेका स्वतन्त्र नागरिक समाजका अध्यक्ष हेमबिक्रम सिलवालका अनुसार यही भदौ २० गते काठमाडौ जमल स्थित होटेल येलो प्यागोडामा विशेष कार्यक्रमका साथ मोर्चाको घोषणा गरिने बताईएको छ। शुक्रबार मोर्चाले शान्तीबाटीकामा १ बजे भेला भई बसन्तपुर सम्म र्यालीको आयोजना समेत गरेको सिलवालले जानकारी दिएका छ्न । उनले भने ,ू निर्णायक आन्दोलनका लागि मोर्चाको घोषणा गर्न लागिएको हो ।ू उनले अघाडी थपे ,ूहिन्दुरास्ट्र र राजसस्था पुनर्स्थापनाको लागि मोर्चाको आबश्यकता परेको हो , अब शसक्तरुपमा आन्दोलनका कार्यक्रम अगाडी बढ्छ।ू मोर्चाले आगामी असोज ३ गते संविधान २०७२ को संविधान जारी भएको दिन बिरोधका कार्यक्रम समेत आयोजना गरेको प्रचार बिभाग प्रमुक सिलवालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*