साफ च्याम्पियनसिपमा उपाधिका लागि नेपाल र भारत भिड्दै
काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिको फाइनल खेलमा आज नेपाल र भारत भिड्दैछन् । फाइनल खेलमा माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ८ः४५ बजे हुनेछ ।
नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हासिल गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । यस अघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।
नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । नेपाल साफ च्याम्पियनसीपको इतिहास मै पहिलो पटक फाइनलमा पुगेको हो । भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।






















