काँग्रेस १४ औं महाधिवेशन : रुपन्देहीको ४ र ५ मा सर्वसम्मत,३ मा स्थगित

खबरपथ संवाददाता
७ मंसिर २०७८, मंगलवार ०७:२०

बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीका दुईवटा क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ । पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीको क्षेत्र नं ४ र ५ मा सर्वसम्मत भएको हो । सोमबार सम्पन्न अधिवेशनबाट क्षेत्र नं ४ को सभापतिमा मुकेश यादव निर्बिरोध निर्वाचित भएका छन् ।
क्षेत्रीय अधिवेशनबाट सचिवमा राजमन हरिजन र गणेश चौधरी तथा सहसचिवमा राजेन्द्र यादव र गणेश गौतम निर्वाचित भएका छन् ।
त्यस्तै क्षेत्र नं। ५ को सभापतिमा वसिउल्लाह मुसलमान सर्वसम्मत निर्वाचित भएका छन् । दुबै क्षेत्रमा पदाधिकारी र महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी गराए । क्षेत्र नं। १ र २ मा मतदान सकिएको छ भने ३ मा मतदान नै स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*