प्रदेशको विकास सन्तुलित गरेका छौं – मुख्यमन्त्री केसी

खबरपथ संवाददाता
११ मंसिर २०७८, शनिबार २१:२४

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले लुम्बिनी प्रदेशको विकासमा गठबन्धनको पार्टी नेतृत्वमा रहेको जनताको सरकारले समृद्धिलाई विशेष जोड दिएको बताउनु भयो । उहाँले रोल्पा जिल्लाको भ्रमणको बेलामा भएको विभिन्न कार्यकर्ता भेटघाटको क्रममा उक्त कुरा बताउनु भएको हो ।

उहाँले प्रदेश सरकारले आम लुम्बिनीबासीको जीवनलाई समृद्ध बनाउने प्रदेश सरकारको सपना भएकाले यसलाई सन्तुलन मिलाएर विकास गर्ने कार्य गरिरहेको दावी गर्नु भएको छ ।

मुख्यमन्त्री केसीले लुम्बिनीमा प्रदेश सरकारले पूर्ववर्ती सरकारले लिएको बजेट भन्दा वर्तमान सरकारले लिएको बजेट जनमैत्री भएकाले यसलाई छिटो कार्यन्वय गर्नका लागि सबै लाग्नु पर्ने बताउनुभयो । सरकारले नागरिकाको वाँच्न पाउनेहकका साथै स्वास्थ्य र शिक्षाकोहकलाई ग्यारेन्टी गर्नका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगायत १०९ स्थानीयतहका अस्पतालको, लुम्बिनी विश्व विद्यालय स्थानीयस्तरसम्मका विद्यालको सुधारका लागि पहिलो प्रयास गरिएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले लिएको गौरवको आयोजना, दायित्वबाट सम्पन्न गर्ने आयोजना र नयाँ आयोजनालाई सम्पन्न गर्नका लागि प्रदेश सरकारबाट भूमिका खेलिरहेको बताउँदै त्यसका लागि सबैले जिल्लाका विभागीय कार्यालयले सहजीकरण गर्नका लागि निर्देशन दिनु भएको छ ।
माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सहइन्चार्ज समेत रहनु भएका कुलप्रसाद केसीले शनिवार संक्षीप्त कुरा गर्दै रोल्पा जिल्लाका पार्टी कार्यकर्तासँग प्रदेशका १०९ स्थानीयमा मंसिर ११ गते निर्धारित समयमै पार्टीका निर्वाचन गर्ने गरी तयारी भइरहेको समेत बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*