नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशन भैरहवामा सुरु
बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन भैरहवामा शुरू भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले वीपी कोइरालाको तस्वीरमा माल्यार्पण गरेर अधिवेशनको उद्घाटन गर्नुभयो ।
अधिवेशन कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू डा.चन्द्र भण्डारी, भरतकुमार शाह, प्रमोद यादव, लुम्बिनी प्रदेशका सांसदहरू, महाधिबेशन, प्रदेश प्रतिनिधि, लुम्बिनी प्रदेश अन्तर्गतका कांग्रेसका निर्वाचित जिल्ला सभापतिहरू, नगर तथा वडा सभापतिहरू, लगायत नेता कार्यकर्ताको सहभागिता रहेको छ ।
अधिवेशनमा शुक्रबारबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ। बिहीबार दिउँसोसम्म मतदाता नामावली प्रकाशन, शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने कार्यतालिका रहेको प्रदेश निर्वाचन अधिृकत डा. बुद्धबहादुर थापाले बताउनु भयो। प्रदेश भरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी एक हजार ५८५ ले मतदान गर्नेछन्।






















