तिलोत्तमामा नोबेल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

खबरपथ संवाददाता
२५ मंसिर २०७८, शनिबार २०:००

बुटवल । रुपन्देहीको तिलोत्तमामा दोश्रो १४ वर्षमुनिको डबल र सिंगल छात्र नोबेल शटल स्म्यास ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

नोबल ईन्भायरोमेन्ट एकेडेमीका अध्यक्ष स्वर्गिय सुमिता गुरुङ्गको स्मृतिमा ओपन नोबल बाल समुह र नोबल ईन्भायरोमेन्ट एकेडेमीले आयोजना गरेको प्रतियोगितामा डबल ब्याइज तर्फ लमही ब्याडमिन्टन क्लबका सुबिन श्रेष्ठ र ज्योतिराजदित्य चौधरी बिजयी भएका छन । यस्तै अस्नैया युवा क्लबका सुदेश राजकोटी र अनमोल परियारले दोश्रो , यस्नैया कै युनिश सारु र मानव थापा, ऋतिक आचार्य र कबीर सुनारले तेश्रो स्थान हासिल गरे ।

आज नै भएको सिंगल तर्फ लमही ब्याडमिन्टन क्लबका सिद्धिन श्रेष्ठ बिजेता बने । यस्तै अस्नैया कै अनमोल परियार दोश्रो , नोबेल वातावरण प्रतिष्ठानका लेलिन राना र लमही ब्याडमिन्टन क्लबका ज्योतिराजदित्य चौधरीले तेश्रो स्थान हासिल गरे । यस्तै प्रतियोगितामा लमहीका सुविन श्रेष्ठ उत्कृष्ट , उदीयमान खेलाडीमा नोेबेल एकेडेमी कै लेलिन राणा बने । फेयर टिममा सुदेश राजकोटी र अनमोल परियार छनोट भए ।

प्रतियोगिताको डबल तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद आठ हजार , पाँच हजार र दुई हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै सिंगल तर्फ क्रमश नगद पाँच हजार , तीन हजार र एक हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रिन्सिपल राजेन्द्र गुरुङ्गले जानकारी दिए । प्रतियोगितामा डबल तर्फ १० र सिंगल तर्फ १५ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा रुपन्देही र दाङ्ग जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो । बिजेता खेलाडीलाई तिलोत्तमा वडा नं. १५ का वडा अध्यक्ष खेमराज गुरुङ , तिलोत्तमा नगर खेलकुद बिकास समितिका सन्योजक राजेन्द्र गुरुङ, स्कुलका प्रीन्सिपल सुन्दर गुरुङ्गले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*